पिउने पानीको समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता
पाेखरा | कात्तिक ४, २०७९
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख) का प्रत्यासी उम्मेदवार वेदबहादुर गुरुङ्ग (श्याम) र समानुपतिक तर्फ प्रदेशसभा उम्मेदवार नन्दाकला नेपालीले आफूहरु विजय भएर आएपछि पोखरा २८ कालिकाका स्थानियले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
मतादाता भेटघाट कार्यक्रममा उनीहरुले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले कालिकामा गत वर्षमा भए गरेका कामहरुको अनुगमन समेत गरेका छन् भने अधुरा कामहरु आफूहरु निर्वाचित भएर आएपछि पूरा गर्ने वाचा गरेका छन् । यसका लागि मतदाताले सूर्य चिन्हमा मत दिनुहुन आग्रह समेत गरेका छन् ।
आउँदा वर्षमा वडाका समस्या समाधानमा लाग्न एमाले नेता कार्यकतालाई वडावासीले अनुरोध गरेका छन् । भने जनताको दुख सुखको साथी एमाले उम्मेदवारलाई आफुहरुले मत दिने बताएका छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

